August 25, 2026 Tuesday
सुझाव

निस्वार्थ माया काे अर्को नाम ” आमा “

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८३बैशाख४
निस्वार्थ  माया काे अर्को नाम ” आमा “

हरिश खड्का – काठमाडौं -कुनै समय भोक लाग्दा, पिसाब लाग्दा, चप्पल फाट्दा, बिरामी हुँदा, खुशी हुँदा—हरेक दुःख–सुखमा सम्झिने नाम आमा हो, र आज पनि त्यही सम्झना उस्तै ताजा छ। किताब पढ्न नजान्ने आमासँग अथाह ज्ञान हुन्छ। आमा स्वयं एउटा विश्वविद्यालय हुन्, र म त भर्खरै भर्ना भएको विद्यार्थी मात्र।
जब–जब पीडा, थकान र एक्लोपनले घेर्छ, म गाउँमा मेरालागि बाँचिरहेकी आमालाई सम्झिन्छु। यति मात्र होइन, म खुशी हुँदा पनि सबैभन्दा पहिला आमाकै अनुहार आँखा अगाडि आउँछ।
आमा गाउँमा हुनुहुन्छ, म सहरमा छु। यो सहरको कोलाहल र भीडभाडका बीचमा पनि, म सधैं गाउँमा संघर्षरत जीवन बाँचेकी आमालाई सम्झिरहन्छु। घर छोडेपछि मात्र आमाको महत्व कति ठूलो हुन्छ भन्ने कुरा साँच्चै महसुस हुँदो रहेछ।
समयले आमासँग टाढा बस्नुपर्ने बाध्यता दिएको छ, तर दूरीले माया कहिल्यै घटाउँदैन। आमाको बारेमा लेख्न संसारका सारा शब्दहरू पनि कम पर्छन्। आमा जीवनको आधार हुन्—आमाको माया निस्वार्थ छ, आमाको साथ अमूल्य छ, र आमाको मातृत्व साँच्चै महान छ।
साथमा हुँदा होस् या टाढा हुँदा, मेरी आमाप्रति माया र सम्मान एक दिनका लागि होइन—जबसम्म यो मुटु धड्किरहन्छ, तबसम्म रहनेछ। कहिलेकाहीँ फेरि बच्चा जस्तै बन्न मन लाग्छ, आमाको काखमा लुटपुटिएर—“आमा, मलाई चकलेट किन्ने पैसा दिनु न” भनेर बालापन फेरि महसुस गर्न मन लाग्छ। एक समय थियो, जता जाँदा पनि आमासँग पछिपछि दौडिन्थें—आज त्यो बालापन सम्झिँदा उफ्! कस्तो फर्किनै नसक्ने मिठो सत्य।
संसारको सारा खुसी मेरी आमालाई मिलोस्, र उहाँलाई खुशी बनाउने जिम्मा मलाई मिलोस्।
आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसीको हार्दिक शुभकामना।
मेरी आमा र संसारका सबै आमाहरूलाई
जो आफ्ना छोराछोरीका लागि बाँचिरहनु भएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१