August 30, 2026 Sunday
सुझाव

कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२चैत्र१
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की

 

गौरब विष्ट
फागुन 30 काठमाडौँ

काठमाडौँको कीर्तिपुरस्थित ‘सुटर भाईको चिया पसल मा ओपन माइक्रो कार्यक्रममा कविता वाचन गरिरहेका सबिन पौडेल नामका युवकलाई पक्राउ गरी प्रहरीद्वारा दुर्व्यवहार गरिएको आरोप लागेको छ।

सबिनले आफ्ना अनुभवमा बताए अनुसार, हिजो साँझ उनले उक्त चिया पसलमा कविता वाचन गर्दै थिए। उनले भने, “यदि क्रान्तिकारी कविता लेख्ने जस्ता सबैलाई थानामा हाल्ने हो भने संसारको सबै थानाहरू पनि कम पर्न सक्छ।”

घटनाक्रम अनुसार, लागू पदार्थ सेवन गरेका आउटड्रेसमा रहेका एक प्रहरी अधिकारीले उनलाई सुनाई सकेपछि कुनामा बोलाएर हात हालेका थिए। त्यसपछि दुई अन्य प्रहरीसँगै उनलाई कृतीपुर प्रहरी थानामा लगियो। थानामा उनीसँग भने, “एक चड्कन हान्छु, छोडिदिन्छु” तर सबिनले भने अनुसार यसलाई मानिएको थिएन। हातमा हत्कडी लगाएर गाडीमा हालेर देवघाट प्रहरी थानामा लगियो र त्यहाँ कैदीसँग गरिने व्यवहार गरिएको थियो।

सबिनले थपे, “यदि क्रान्तिकारी कविता लेख्नु गलत हो भने मेरो हात काटिदिनु, मारिदिनु मलाई, तर मेरो भित्रको क्रान्ती मर्छैन। हानी दिनु छातीमा गोली, तर शब्दको शक्ति रोक्न सकिँदैन।”

घटनापछि साहित्यप्रेमी र नागरिक समाजले स्वतन्त्र छानबिन गरी दोषीमाथि कानुन अनुसार कारबाही गर्न माग गरेका छन्। उनीहरूले प्रहरी पोशाकको दुरुपयोग गरेर सर्वसाधारणलाई धम्क्याउने कार्य अस्वीकार्य भएको बताएका छन्।

यस घटनाबारे नेपाल प्रहरी वा कृतीपुर तथा देवघाट प्रहरी थानाको आधिकारिक प्रतिक्रिया हालसम्म सार्वजनिक भएको छैन।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१