August 25, 2026 Tuesday
सुझाव

चुनाव चिह्न सार्वजनिक : पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२मंसिर२२
चुनाव चिह्न सार्वजनिक : पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) का लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रदान गरिने चुनाव चिह्न सार्वजनिक गरेको छ। आयोगका अनुसार यस पटक १२० राजनीतिक दलले निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। तीमध्ये १०२ दललाई एकल चिह्न र १२ दललाई संयुक्त रुपमा सहभागी हुने भएकाले संयुक्त चिह्न प्रदान गरिएको छ।

हाल आयोगमा १४३ दल दर्ता छन् भने यस पटक निर्वाचनमा भाग लिने दलको संख्या ११४ पुगेको छ। आयोगले कुल १०७ वटा चुनाव चिह्न प्रदान गरेको छ।

आयोगले सार्वजनिक गरेका चिह्नमध्ये पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी परेको छ। यस्तै हलो, ढल्किएको छाता, लाउड स्पिकर, ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको आँखा, जरायो, नमस्कार सहितका चिह्न निर्वाचनमा देखिनेछन्।

कुखुराको भाले, जग, पन्जा छाप, इनार, डोको, हँसिया–तारा, कमल, धनुष, गितार, घर, मोटरसाइकल, साँचो, मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, खुकुरी, सुगा, पुतली, ढाका टोपी, पुरुष, आमाबच्चा, परेवा, कोदालो, त्रिशुल, घोडा, गुलाफ, गाग्रो–कलश, कम्प्युटर किबोर्ड, चक्र, हात मिलाएको, चापाकल जस्ता प्रतीकहरू पनि यस पटकको सूचिमा समावेश छन्।

त्यसैगरी चिम, सिट्ठी, तीर, ट्रयाक्टर, रेडियो, रथ, ढुङ्गे धारा, गदा, भेडा, बस, स्कुटर, रुद्राक्ष, पैताला छाप, सुकुन्दा, पुल, पानीको बोतल, बुल्डोजर, तराजु, खरायो, किताब, ताला, कान, श्रीवत्स, लाइक चिन्ह, मकैका बाला, डुङ्गा, भैँसीलगायतका चिह्न पनि विभिन्न दलले प्रयोग गर्नेछन्।

आयोगले जारी गरेको यो विस्तृत सूची अनुसार आगामी निर्वाचनमा विविधता र नयाँ–पुराना दुवै प्रकारका चुनाव चिह्न देखिनेछ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१