August 24, 2026 Monday
सुझाव

अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार विस्थापित

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८३श्रावण५
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार विस्थापित

युवराज बडुवाल – बाजुराको बडीमालिका नगरपालिका–६, कोर्ध साउदबाडामा अविरल वर्षासँगै आएको पहिरोले ठूलो क्षति पुर्‍याएको छ।
पहिरोका कारण ४८ घरपरिवार विस्थापित भएका छन् भने ४ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। थप २५ घरधुरी उच्च जोखिममा परेका छन्।
पहिरोको जोखिम बढेपछि प्रभावित सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। घटनास्थलमा नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल रेडक्रसको टोली पुगेर स्थलगत अनुगमन गरेको छ।
प्रभावित परिवारलाई तत्काल त्रिपाल वितरण गरिएको भए पनि उनीहरूका लागि खाद्यान्न, सुरक्षित बसोबास र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ।
पहिराले बिस्तापिथ क्षेत्र पहिरोबाट विस्थापित परिवारको राहत, सुरक्षित आवास तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय, स्थानीय सरकार र सरोकारवालासँग आवश्यक सहयोगको अपिल गरिएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१