July 13, 2026 Monday
सुझाव

यो पटक फरक पथ

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२माघ१९
यो पटक फरक पथ

हिजो
बुवाले पार्टीका झण्डा बोकेका थिए,
हामीले पनि पार्टीका झण्डा बोकेका थियौँ,
बाजेले त राजनीति नै गरेका थिए।
तर आज सोध्दा
घर उस्तै छन्,
आँगन उस्तै छन्,
मान्छेचाहिँ
विदेशतिर हराइरहेका छन्।
कति चुनाव आए,
कति भाषण आए,
विकास गर्छु” भन्ने वाक्य
कति पटक गाउँ पस्यो,
तर बाजुरा
उही ठाउँमै रोकियो।
हामी अब
आश्वासन होइन,
आधार चाहन्छौँ।
बडीमालिका
धार्मिक नाममै सीमित नहोस्,
पर्यटन, पहिचान र रोजगारीको
केन्द्र बनोस्।
बिरेखाेला–काला जग्रा,
बिरे खोला
उपेक्षित होइन,
पर्यटकका पाइला पर्खिरहेको
गन्तव्य बनोस्।
खप्तड, छेडेघा, बुढीनन्दा
नक्सामा मात्र होइन,
जीवनमा जोडिऊन्।
हामी चाहन्छौँ
हरेक गाउँमा नेटवर्क होस्,
हरेक बच्चाले
गुणस्तरीय शिक्षा पाओस्,
हरेक बिरामीलाई
नजिकै उपचार होस्।
संसद पुगेकाहरूले
बाजुराको नाम
बोल्न कञ्जुस गरे,
हामीले भने
धैर्य धेरै गर्‍यौँ।
अब बस्।
अब हामी
परिवर्तन खोज्छौँ—
नयाँ अनुहारभन्दा पनि
नयाँ इमान।
जो जोसिला छन्,
जो उर्जाशील छन्,
जो बाजुरालाई
संसदसम्म बोकेर जान सक्छन्।
नाम जोसुकै होस्,
पार्टी जुनसुकै होस्,
भोट चाहिँ
परिवर्तनका लागि हालौँ।
किनकि
परिवर्तन मागेर आउँदैन,
परिवर्तन
हामी आफैँ भएर आउँछ।
र बाजुराको भविष्य
आज
हामी सबैको
एक-एक भोटमा अडिएको छ।
हिजो बुवाले
पार्टीका झण्डा बोकेका थिए,
हामीले पनि पार्टीका झण्डा बोकेका थियौँ,
बाजेले त राजनीति नै गरेका थिए।
तर आज सोध्दा
घर उस्तै छन्,
आँगन उस्तै छन्,
मान्छेचाहिँ
विदेशतिर हराइरहेका छन्।
कति चुनाव आए,
कति भाषण आए,
विकास गर्छु भन्ने वाक्य
कति पटक गाउँ पस्यो,
तर बाजुरा
उही ठाउँमै रोकियो।
हामी अब
आश्वासन होइन,
आधार चाहन्छौँ।
बडीमालिका
धार्मिक नाममै सीमित नहोस्,
पर्यटन, पहिचान र रोजगारीको
केन्द्र बनोस्।
बिरेकोला-काला जग्रा,
बिले खोला
उपेक्षित होइन,
पर्यटकका पाइला पर्खिरहेको
गन्तव्य बनोस्।
खप्तड, छेडेघा, बुढीनन्दा
नक्सामा मात्र होइन,
जीवनमा जोडिऊन्।
हामी चाहन्छौँ
हरेक गाउँमा नेटवर्क होस्,
हरेक बच्चाले
गुणस्तरीय शिक्षा पाओस्,
हरेक बिरामीलाई
नजिकै उपचार होस्।
संसद पुगेकाहरूले
बाजुराको नाम
बोल्न कञ्जुस गरे,
हामीले भने
धैर्य धेरै गर्‍यौँ।
अब बस्।
अब हामी
परिवर्तन खोज्छौँ
नयाँ अनुहारभन्दा पनि
नयाँ इमान।
जो जोसिला छन्,
जो उर्जाशील छन्,
जो बाजुरालाई
संसदसम्म बोकेर जान सक्छन्।
नाम जोसुकै होस्,
पार्टी जुनसुकै होस्
भोट चाहिँ
परिवर्तनका लागि हालौँ।
किनकि
परिवर्तन मागेर आउँदैन,
परिवर्तन
हामी आफैँ भएर आउँछ।
र बाजुराको भविष्य
आज
हामी सबैको
एक-एक भोटमा अडिएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

राेशन खड्का

Jdjf

Roshan

Djdjdj

सम्बन्धित समाचार
ताजा अपडेट
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११
जीवनका लागि खेलकुद
२०८२फाल्गुन१०
साहित्य पढ्ने मात्र होइन, महसुस गर्ने प्रयास: ‘एक चिहान’ रंगमञ्चमा
२०८२माघ२१