August 24, 2026 Monday
सुझाव

मुख्य योग शिक्षकलाई सम्मान

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर९
मुख्य योग शिक्षकलाई सम्मान

काठमाडौं – पतञ्जली योग दमक नगर समितिले भारतको हरिद्वारबाट मुख्य योग शिक्षकको तालिम सकेर फर्किएका मुख्य योग गुरुहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।दमक-६ स्थित पशुपति साधना केन्द्रको सहकार्यमा भएको उक्त कार्यक्रममा पयोस जिल्ला समिति झापाका उपाध्यक्ष शुशिल निरौलाको प्रमुख आतिथ्यतामा रहेको थियो ।पतञ्जली योग पिठ हरिद्वारमा यही कार्तिक २१ देखि २७ सम्म सात दिवशिय मुख्य योग शिक्षकहरुको प्रशिक्षण तालिम भएको थियो ।उक्त तालिममा दमक बाट आठ जना योग शिक्षकहरु सहभागी भएका थिए ।उक्त योग शिक्षकहरुलाई पयोस जिल्ला समिति झापाका उपाध्यक्ष शुशिल निरौला र दमक नगर अध्यक्ष दुर्गा प्रसाद भण्डारीले टीका,खादा लगाएर सम्मान गरेका थिए ।सम्मानित हुने योग गुरुहरुमा धनपति ओडारी,ओमप्रसाद खनाल,उमेश धिमिरे,कुमार खनाल,लक्ष्मीप्रसाद क्षेष्ठ ,पुण्यप्रसाद खनाल,रञ्जित बस्नेत र भोला ओझा रहेका छन ।कार्यक्रममा पयोस दमक नगर समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी,उपाध्यक्ष किरण उप्रेति,पयोस जिल्ला सदस्य धनश्याम प्याकुरेल, जिल्ला सल्लाहाकार हरि पाठक,सम्मानित गुरुहरुको तर्फबाट उमेश धिमीरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पशुपति साधना केन्द्रका संयोजक बिक्रम शाहको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन पयोस नगर कोषाध्यक्ष नन्द कुमार राईले गरेका थिए भने योग गुरु ओमप्रसाद खनाल बाट शान्तिपाठ गरेर कार्यक्रमलाई समापन गरिएको थियो ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१