August 24, 2026 Monday
सुझाव

बाल साहित्यकार विष्टको पहिलो कृति ‘प्रिय बाम्का’ सार्वजनिक

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर१
बाल साहित्यकार विष्टको पहिलो कृति ‘प्रिय बाम्का’ सार्वजनिक

काठमाडौं : बाजुराका युवा बाल–साहित्यकार गौरव विष्ट ‘समर्पण’ द्वारा लेखिएको काव्य कृति ‘प्रिय बाम्का’ कीर्तिपुरस्थित मङ्गल माध्यामिक विद्यालयमा सोमबार एक समारोहबीच सार्वजनिक गरिएको छ।

बुढिगंगा-७ वायलका १७ वर्षीय विष्टले पहिलोपटक बजारमा ल्याएको यस कृतिमा बाम्का बजारको इतिहास, आगलागीपछिको पीडा, मानवीय दृढता र पुनर्जन्मको कथा काव्यात्मक ढङ्गमा समेटिएको छ। बाम्काको चोक–गल्लीदेखि त्यहाँका जनजीवनसम्मको विवरण लेखकले प्रत्यक्ष अध्ययन गरेर प्रस्तुत गरेका छन्।

समारोहमा विद्यालयका प्रधानाध्यापक लोकलाल महर्जन सहितका अतिथिहरूले कृतिको लोकार्पण गर्दै लेखकको लगन, अभिव्यक्ति र विषय छनोटको प्रशंसा गरे।
कार्यक्रममा लेखकको साहित्यिक यात्राबारे छलफल, टिप्पणी र शुभकामनासमेत व्यक्त गरिएको थियो।

कृतिलाई लेखकले तीन तहमा विन्यास गर्दै बाम्का बजारको स्मृति, सामूहिक पीडा र फेरि उठ्ने आशालाई केन्द्रमा राखेका छन्। विष्टले ‘प्रिय बाम्का’ लाई “घटना मात्र होइन, बाँचिरहेको इतिहासको दस्तावेज” भन्दै सबैको साथ–सहयोगप्रति आभार व्यक्त गरे।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यप्रेमीहरूको उपस्थितिसहित लेखकलाई आगामी रचनात्मक यात्राका लागि शुभकामना दिइएको थियो।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१