August 30, 2026 Sunday
सुझाव

साहित्य पढ्ने मात्र होइन, महसुस गर्ने प्रयास: ‘एक चिहान’ रंगमञ्चमा

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२माघ२१
साहित्य पढ्ने मात्र होइन, महसुस गर्ने प्रयास: ‘एक चिहान’ रंगमञ्चमा

गाैरब बिष्ट समर्पण : कक्षा कोठामा पढिएको कथा जब रंगमञ्चमा उत्रिन्छ, त्यसले अर्थ नै फेरिन्छ। यही अनुभूति दिलाउन सुदूरपश्चिममै पहिलोपटक धनगढीमा ‘एक चिहान’ नाट्य प्रस्तुति हुन लागेको छ। हृदयचन्द्रसिंह प्रधानको कृति ‘एक चिहान’ मा आधारित यो प्रस्तुति कक्षा बाहिरको सिकाइलाई जीवन्त बनाउने प्रयास हो ।

बाजुराका १७ वर्षिय सुनिल बुढा ‘कछुवा’ ले उक्त उपन्यासको नाटक रुपान्तरण गरेका हुन् । उनले १५ वर्षको कलिलो उमेरमै ‘सहर जाने बाटो’ खण्डकाव्य लेखेर समाज सेवा पनि गर्दै आइरहेका छन् । उनी अहिले कक्षा १२ मा धनगढीको कैलाली मोडेल मा.वि. मा अध्ययनरत छन् ।

‘गाउँले प्रोडक्सन’ को आयोजनामा उक्त नाटक प्रस्तुल गर्न लागिएको छ । नाटकले उपन्यासका पात्र र द्वन्द्वलाई आँखै अगाडि उभ्याउँछ। विद्यार्थीले पाठ्यपुस्तकका पंक्ति मात्र होइन, कथाभित्रको पीडा, प्रश्न र संवेदनालाई प्रत्यक्ष महसुस गर्न पाउनेछन्। विशेषगरी कक्षा १२ का विद्यार्थीका लागि यो प्रस्तुति पाठ्यक्रम बुझ्ने नयाँ तरिका बन्ने अपेक्षा गरिएको छ।

काठमाडौं र पोखराबाहिर पहिलो पटक सुदूरपश्चिम प्रदेशमा यो नाट्य प्रस्तुति हुँदैछ। विद्यालयका प्राचार्य र नेपाली विषयका शिक्षकलाई विशेष रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले साहित्यप्रतिको रुचि बढाउने र विश्लेषणात्मक सोचलाई बलियो बनाउने विश्वास गरिएको छ।

कार्यक्रमको मिति: माघ २३,२४ र २५ गते
स्थान: वैभव प्यालेस एण्ड रिसोर्ट, तारानगर, धनगढी

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

Roshan Khadka

Ndj

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१