August 30, 2026 Sunday
सुझाव

हेमराज थापा बाजुराबाट रास्वपाको तर्फबाट चुनाव लड्ने सम्भावना बलियो

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२माघ१
हेमराज थापा बाजुराबाट रास्वपाको तर्फबाट चुनाव लड्ने सम्भावना बलियो

काठमाडौं: सामाजिक अभियन्ता हेमराज थापा बाजुराबाट आगामी फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना बलियो बन्दै गएको छ। पछिल्लो समय उनी उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्नेबारे आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ।
यद्यपि रास्वपाले थापालाई टिकट दिने वा नदिने विषयमा औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। तर थापाका समर्थकहरू भने बाजुराबाट रास्वपाको तर्फबाट उम्मेदवारी लगभग निश्चित भइसकेको दाबी गरिरहेका छन्। जिल्लाका रास्वपा निकट नेता तथा कार्यकर्ता पनि थापाको उम्मेदवारीप्रति सकारात्मक देखिएको बताइन्छ। पार्टीसँग टिकटको विषयमा निरन्तर संवाद र छलफल चलिरहेको स्रोतको भनाइ छ।
यसैक्रममा बिहीबार काठमाडौंको शान्तिनगरमा बाजुराका करिब दुई सयभन्दा बढी युवासँग थापाले अन्तरक्रिया गरेका थिए। पछिल्लो समय उनले जिल्लाका युवा, विद्यार्थी र विभिन्न समूहसँग भेटघाटलाई तीव्र बनाएका छन्। आजको छलफल आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित थियो।
छलफलका क्रममा बाजुरामा नयाँ नेतृत्व आवश्यक रहेको भन्दै सहभागी युवाहरूले थापालाई उम्मेदवार बन्न सुझाव दिएका थिए। पुराना दलको विकल्पको रूपमा थापा उपयुक्त हुने धारणा अधिकांश सहभागीले राखेका थिए। एक सहभागी युवाका अनुसार, “हामीले कांग्रेस, एमाले र माओवादी सबैलाई हेर्यौँ, तर अपेक्षाअनुसारको काम हुन सकेन। त्यसैले अब नयाँ विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा सहभागीहरू पुगेका छन्।”
उक्त भेटघाटमा सहभागी युवा विद्यार्थी नेता बिरेन्द्र बिष्टले पनि युवाहरूको धारणा परिवर्तनतर्फ उन्मुख भएको जानकारी दिए। सामाजिक सञ्जालमा समेत थापा बाजुराबाट रास्वपाको तर्फबाट चुनाव लड्दैछन् भन्ने चर्चा चर्किएको छ। कतिपयले त उनको उम्मेदवारी पक्का भइसकेको भन्दै प्रचारसमेत गरिरहेका छन्।
तर आजको छलफल उम्मेदवारी घोषणाभन्दा पनि रणनीति र भावी योजनामै केन्द्रित रहेको बताइएको छ। छलफलमा थापाले बाजुरावासीले चाहे आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका छन्। यद्यपि रास्वपाबाट नै चुनाव लड्ने विषय भने अझै आधिकारिक रूपमा तय भइसकेको छैन।
यसैबीच रास्वपाका केन्द्रीय सदस्य खेमराज साउँदले थापालाई बाजुराबाट उम्मेदवार बनाउनेबारे पार्टीभित्र छलफल चलिरहेको तर अन्तिम निर्णय नभइसकेको बताएका छन्। उनले छिट्टै निष्कर्षमा पुग्ने र अहिले यही विषयमा गम्भीर छलफल भइरहेको जानकारी दिए। सामाजिक सञ्जालमा फैलिएको ‘पक्का भइसकेको’ भन्ने हल्लामा सत्यता नरहेको उनको दाबी छ।
यद्यपि स्रोतहरूका अनुसार हेमराज थापा बाजुराबाट रास्वपाको तर्फबाट उम्मेदवार बन्ने सम्भावना दिनप्रतिदिन बलियो हुँदै गएको छ। उल्लेखनीय कुरा के भने, थापाको उम्मेदवारीको चर्चा भने लामो समयदेखि हुँदै आएको थियो।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१