August 24, 2026 Monday
सुझाव

बाजुरामा बालविवाह मुद्दामा दोषी ठहर भई ९ वर्षदेखि फरार रहेका एक युवक पक्राउ

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२पुष१७
बाजुरामा बालविवाह मुद्दामा दोषी ठहर भई ९ वर्षदेखि फरार रहेका एक युवक पक्राउ

बाजुरा – बाजुरामा बालविवाह मुद्दामा दोषी ठहर भई ९ वर्षदेखि फरार रहेका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको बडीमालिका नगरपालिका–६, कोर्ध निवासी ३४ वर्षीय हर्क बहादुर बडुवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अपरेसन टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार बडुवाललाई जिल्ला अदालत बाजुराले २०७३ साल चैतमा बालविवाह मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले उनलाई ५ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनी फरार अवस्थामा रहेका थिए। पक्राउपछि उनलाई कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।त्यसैगरी, जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भई फरार रहेका अर्का एक जना पनि प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका त्रिवेणी नगरपालिका–५ निवासी २२ वर्षीय दिल धामी पक्राउ परेका हुन्। उनलाई पनि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।

स्रोत :बडिमालिका खबर

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१