August 24, 2026 Monday
सुझाव

बडिमालिका–६ कोर्धमा जुम्ली महाराजकालीन मुङ्ग्रा संरक्षणको आवश्यकता

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२पुष१८
बडिमालिका–६ कोर्धमा जुम्ली महाराजकालीन मुङ्ग्रा संरक्षणको आवश्यकता

राेशन खड्का /बाजुरा – बाजुराको बडिमालिका नगरपालिका–६ मा अवस्थित कोर्धको प्राचीन मुङ्ग्रा (ढुङ्गे धारा) जुम्ला राज्यका राजा जुम्ली महाराज यस क्षेत्रमा बसेको समयमा निर्माण गरिएको भन्ने कुरा स्थानीय बुढापाकाहरूले बताउँदै आएका छन् ।
बुढापाकाहरूका अनुसार जुम्ली महाराज कोर्धमा बासोबास गर्ने क्रममा पानीको सहज व्यवस्था गर्न उक्त मुङ्ग्रा निर्माण गराइएको हो । यो ढुङ्गे धारा तत्कालीन राज्य व्यवस्था, बस्ती विकास र पानी व्यवस्थापनको ऐतिहासिक प्रमाणका रूपमा आज पनि रहेको छ ।
समयसँगै जीर्ण बन्दै गएको यस ऐतिहासिक सम्पदाको संरक्षण र सम्वर्द्धन आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । इतिहास र पहिचानसँग जोडिएको कोर्धको मुङ्ग्राको संरक्षण गर्नु राज्य, स्थानीय सरकार तथा सम्पूर्ण समुदायको साझा दायित्व भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१