August 25, 2026 Tuesday
सुझाव

पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर२१
पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, मंसिर २१
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा करिब ३ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो।

ट्रेलरले फिल्मलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा प्रस्तुत गरेको छ। कथाको केन्द्रमा एक वडा सचिवको परिवार, उनका सपनाहरू, विदेश जान चाहने सन्तान, पारिवारिक विछोड, प्रेम तथा स्वाभिमानका लागि गरिएको संघर्ष देखाइएको छ।

फिल्मले भ्रष्टाचार, सामाजिक बेथिति र सामान्य नागरिकको जीवनसंघर्षलाई प्रमुख कथा–रेखामा राखेको झल्को ट्रेलरले दिएको छ। दुखको ‘झरी’ पछिको सुख–आशाको ‘इन्द्रेणी’ नै फिल्मको मूल सन्देश रहेको निर्माण पक्षले बताएको छ।

यसै फिल्ममार्फत अभिनेता गणेश उप्रेती करिब ९ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गर्दैछन्। अभिनेता रमेश उप्रेती पनि शीर्ष भूमिकामा देखिएका छन्। दीपाश्री निरौला, सरिता गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, अर्जुन घिमिरे, देशभक्त खनाल, प्रियना आचार्यलगायत कलाकारहरूको अभिनय रहेको छ।

बिमोञ्चम दवाडी र जेसिका पोखरेलले यसै फिल्मबाट डेब्यु गरेका छन्।
फिल्मको निर्माण अनिसा सेन्दाङ लिम्बुले गरेकी हुन् भने सह–निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन्।

‘झरीपछिको इन्द्रेणी’ पुस ४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

टेलर हृर्नुहाेस ! 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१