August 24, 2026 Monday
सुझाव

चर्चित डेउडा गायक प्रकाश काे नयाँ देउडा गीत ‘झलकिजा कम्पनी माला’ सार्वजनिक

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर१९
चर्चित डेउडा गायक प्रकाश काे नयाँ देउडा गीत ‘झलकिजा कम्पनी माला’ सार्वजनिक

राेशन खड्का  – चर्चित गायक प्रकाश थापा र गायिका लक्ष्मी नेपाली काे स्वर मा नयाँ देउडा गीत “झलकिजा कम्पनी माला” सार्वजनिक गरेका छन्। यो गीत हालै युट्युब च्यानल प्रकाश थापा अफिसियल बाट, सार्वजनिक भएको हो।

गीतमा सुदूरपश्चिमको देउडा संस्कृतिको झलक स्पष्ट देखिन्छ। गीतका शब्द राजेन्द्र शाह बीपी ले तयार गरेका हुन्। शाहले हजारौं गीत लेखिसकेका छन् र उनका गीतका शब्दले स्रोतालाई सधैं झुमाउँछन्। फरक-फरक शैलीमा देउडा गीत लेख्न सक्ने शाहले यसपालि पनि निकै मिठो गीतमा शब्द संयोजन गरेका छन्। यसैले, गीत सर्वाधिक लोकप्रिय हुने अनुमान गर्न सकिन्छ।

संगीत, एरेन्ज, मिक्सिङ र रेकर्डिङ दीपक सङ्गम बीसी ले गरेका छन्। रेकर्डिङ स्टुडियो मधुमाला रहेको छ।

भिडियो निर्देशन भीम थापा ले गरेका हुन् र मुख्य मोडलको रूपमा राजेश पायल बीके र शर्मीला ऐडी देखिएका छन्। निर्माता इश्वरी बडुवाल थापा, छायांकन/ड्रोन अमृत उपाध्याय, तथा सम्पादन/कलर कल्पेश विश्वकर्मा ले गरेका छन्। भिडियोमा देउडा प्रेमीहरूको सहभागीता पनि रहेको छ, जसले गीतको सांस्कृतिक रचनात्मकतालाई अझ जीवन्त बनाएको छ।

प्रकाश थापा डेउडा क्षेत्रमा एक स्थापित हस्ती मानिन्छन्। उनी अन्य लोकप्रिय संगीत विधामा कमै मात्र गीत गाउने गर्छन् र प्रायः संस्कृति प्रधान डेउडा गीत गाउन रुचाउँछन्। थापाले आफूले संस्कृति र पहिचानको संरक्षण गर्नु आफ्नो दायित्व भएको बताउँदै भन्नुहुन्छ, “म संस्कृति प्रधान गीत मात्रै गाउन मन लाग्छ र गाउँछु। हाम्रो सांस्कृतिक पहिचान जोगाउनु मेरो दायित्व हो।”

भिडियो युट्युबमा  हेर्न सकिन्छ। प्रकाश थापाले आफ्नो आधिकारिक च्यानलमार्फत गीत र भिडियोको प्रतिलिपि अधिकार सुरक्षित रहेको उल्लेख गर्दै, अनुमति बिना डाउनलो वा पुनःप्रकाशन नगर्न चेतावनी दिएका छन्

गायक थापाका डेउडा ,र ठाडिभाका गरि हजारौं गित। सार्वजनिक भैसकेका छन प्राय सबै गित लोकप्रिय छन।

भिडियो हेर्नुहाेस 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१