August 24, 2026 Monday
सुझाव

अशोक दर्जी : सडकको धुलोबाट ‘सिनेम्याटिक’ चमत्कारसम्म

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२कार्तिक२०
अशोक दर्जी : सडकको धुलोबाट ‘सिनेम्याटिक’ चमत्कारसम्म

काठमाडौं – सडकको छेउमा गीत गाउदैँ घामसँग लडिरहेको त्यो सानो केटो उसका स्वरमा कुनै स्वरसम्राटको अभ्यास थिएन, न त कुनै रेकर्डिङ स्टुडियोको चमक । तर पनि, उसको स्वरले हरेक हृदय छोइरहेको थियो । त्यो केटो थियो अशोक दर्जी।

दमकको सडकमा जन्मिएको एउटा सपनाजसलाई नियतिले राजधानीसम्म ल्यायो, अनि स्वरले सम्पूर्ण देशलाई हल्लायो ।
संगीतकार टंक बुढाथोकी ले सडकमा गाएको त्यो स्वरमा भविष्यको संगीत सुने । अनि सुरु भयो एउटा नयाँ यात्रासडकको धुलोबाट मञ्चको प्रकाशसम्म पुग्ने यात्रा ।

मनबिनाको धन ठूलो कि धनबिनाको मन ?
यही गीतले अशोकलाई रातारात चर्चाको केन्द्र बनायो । सडकमा गीत बेच्ने बालक अब देशको मञ्चमा गाइरहेको थियो ।
टंक र अशोकबीचको सम्बन्ध केवल गुरु शिष्यको होइन पिता पुत्रको आत्मीय सम्बन्धमा परिणत भयो ।

अब त्यो कथा पर्दामा

अशोक दर्जीको जीवन प्रेरित कथा अहिले फिल्म ‘मनबिनाको धन’ को रूपमा पर्दामा आउँदैछ ।
संगीतकार टंक बुढाथोकी स्वयं निर्देशक बनेका छन् ।
उनका शब्दमा यो पूर्ण जीवनी होइन, तर जीवनको प्रेरणा हो । हामीले चलचित्रको दृष्टि र सामाजिक सन्देश दुवै जोडेका छौँ ।फिल्मको ट्रेलरले देखाउँछ
भोक, सपना र स्वरबीचको संघर्ष ।
एक मनकारी व्यक्ति कसरी एउटा जीवन बदल्छ, अनि कस्तो समाजमा पैसा त छ तर मन हराएको छ ।
त्यो पीडा, त्यो रिक्तता र त्यो यथार्थलाई चलचित्रले देखाउने संकेत गरेको छ ।

संगीत, भावना र सन्देशको संगम

फिल्ममा अशोक दर्जी का साथै सरोज खनाल, नीता ढुंगाना, सन्तोष पन्त, बुद्धि तामाङ लगायतका कलाकार छन् ।
संवाद र पटकथा शिवम अधिकारी, संगीत निर्देशन स्वयम् टंक बुढाथोकी को हातमा ।

टंक र अशोकको जोडी यो फिल्मको आत्मा हो
प्रत्येक नोटमा भावना छ, प्रत्येक संवादमा सन्देश ।अशोक आज पनि टंककै संरक्षणमा पढ्दै, संगीत सिक्दै, सपना बुनिरहेका छन् ।
उनका शब्दमा टंक दाइले मलाई सडकबाट उठाएर गायक बनाइदिनुभयो, त्यो मेरो दोस्रो जन्म थियो । यो फिल्म मेरो मात्र होइन, म जस्ता सयौँ बालकको सपना हो ।पर्दामा आउने आशाटंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता मिनु शर्मा, सह–निर्माता जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे हुन् ।फिल्म २१ कात्तिकदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

बहुतले आशा गरेका छन् यो फिल्म केवल मनोरञ्जन होइन,एउटा समाजको आत्मा बोल्ने दर्पण बन्न सकाेस।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१