August 24, 2026 Monday
सुझाव

सुदूरपश्चिम र कर्णालीको अधिकारको लडाइँ लड्दै अछामका मदन बुढा!

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२कार्तिक२७
सुदूरपश्चिम र कर्णालीको अधिकारको लडाइँ लड्दै अछामका मदन बुढा!

राेशन खड्का – सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका युवा अगुवा मदन बुढा पछिल्लाे समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको अधिकार, पहिचान र न्यायका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। सामाजिक न्याय, समान अवसर र प्रदेशको उचित प्रतिनिधित्वको माग गर्दै उनी विभिन्न आन्दोलन र अभियानमा सक्रिय छन्।

बुढा जेनजी आन्दोलन पछिका प्रमुख अभियानकर्तामध्ये एक हुन्। उक्त आन्दोलनमा घाइते भएका र सहिद परिवारका मागहरू अझैसम्म पूरा नभएको भन्दै उनले राजधानीमा समेत धर्ना दिएका थिए। उनका अनुसार,राज्यले सधैं सुदूरपश्चिम र कर्णालीलाई हेर्ने दृष्टिकोण फेरिनु जरुरी छ, अन्यथा यो क्षेत्र सधैं पछाडि पारिनेछ।

उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा समेत सुदूरपश्चिम र कर्णाली क्षेत्रको प्रतिनिधित्व आवश्यक रहेको बताएका छन्। उनका भनाइमा, घाइते योद्धा र सहिद परिवारका न्यायका लागि निर्णय तहमा हाम्रो क्षेत्रका प्रतिनिधि हुनैपर्छ, नत्र फेरि पनि आवाज दबाइने खतरा रहन्छ।”

बुढाले संघीयताको वास्तविक भावना व्यवहारमा लागू हुनुपर्नेमा जोड दिएका छन्। संसाधन र अवसरको समान वितरण बिना संघीयता केवल नारामा सीमित हुन्छ,बुढाको भनाइ छ।
मदन बुढा अहिले पनि विभिन्न सामाजिक र राजनीतिक गतिविधिहरू मार्फत सुदूरपश्चिम र कर्णालीको मुद्दा राष्ट्रिय मञ्चमा ल्याउने प्रयास गरिरहेका छन्।बुढालाई युवामाझ ठूलो जनसमर्थन पाएको छ।स्थानीय नागरिकहरूका अनुसार, बुढा जस्ता सचेत र प्रतिबद्ध युवाहरूको कारण सुदूरपश्चिम र कर्णालीको आवाज राजधानीसम्म बलियोसँग पुग्न थालेको छ।

बुढाले अन्त्यमा भने राज्यको नजर, नीति र सोच बदलियो भने मात्र सुदूरपश्चिम र कर्णालीको भविष्य उज्यालो बन्न सक्छ। हामी अधिकारका लागि बोल्दै र लड्दै रहन्छौं जबसम्म न्याय र समानता प्राप्त हुँदैन।

 

 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१