August 24, 2026 Monday
सुझाव

तिम्रो प्रेम पनि अच्चमको बुझ्नै नसकिने, ठ्याक्कै हाम्रो देशको राजनितिक जस्तो।

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन३१
तिम्रो प्रेम पनि अच्चमको बुझ्नै नसकिने, ठ्याक्कै हाम्रो देशको राजनितिक जस्तो।

गजल
अचेल यो आत्मा बनेको छ सालिक जस्तो।
लाग्दैन मलाई कुनै कुरा पनि ठिक जस्तो।

जो मसँग कहिल्यै नभेट्ने गरि टाढा गयो,
उहि मान्छे किन लाग्छ आखिर नजिक जस्तो।

तिम्रो प्रेम पनि अच्चमको बुझ्नै नसकिने,
ठ्याक्कै हाम्रो देशको राजनितिक जस्तो।

बेलाबेलामा अनेक समस्या पर्छ जिन्दगीमा,
कहिल्यै बस्न सकिएन भएर निर्भिक जस्तो।

यो अभाव हरूको दबाव पनि कस्तो कस्तो
कहिले शारीरिक जस्तो कहिले मानशिक जस्तो।

हरिश खड्का बडिमालिका नगरपालिका–६, बाजुरा का प्रतिभाशाली युवा गजलकार हुन्। उनले जीवन, प्रेम र समाजका विविध पक्षलाई गहिरो भावनासहित प्रस्तुत गर्दै आफ्ना शब्दहरूमा वास्तविकता र संवेदनशीलताको चित्रण गर्छन्।सानै उमेरदेखि साहित्यप्रतिको गहिरो रुचि, सोच्ने तरिका र सिर्जनात्मक क्षमताले उनलाई भविष्यमा नेपाली गजलका उदाउँदा अनुहारका रूपमा चित्रण गर्छ। उनका रचनाहरूले उनको गहिरो दृष्टिकोण, सामाजिक चेतना र मौलिक शैलीको स्पष्ट झल्को दिन्छन्।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१