August 24, 2026 Monday
सुझाव

बडीमालिकामा सुरु हुँदै प्रथम नगर स्तरीय जेनजी ,कप २०८२ 

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२कार्तिक१
बडीमालिकामा सुरु हुँदै प्रथम नगर स्तरीय जेनजी ,कप २०८२ 

राेशन खड्का बाजुरा – दीपावलिको अवसरमा बडीमालिका नगरपालिकामा प्रथम नगर स्तरीय GEN–Z कप 2082 भलिबल प्रतियोगिता हुने भएको छ। नगरस्तरीय खुला प्रतियोगिताको रूपमा आयोजना हुने यस प्रतियोगिताले स्थानीय युवा र खेलप्रेमीहरूमा निकै उत्साह जगाएको छ।

प्रतियोगिता आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म ने.रा.मा.वि. जडाङ्गा, बाजुरा मा सञ्चालन हुने कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले रु.२५०० शुल्कसहित आफ्नो टिम दर्ता गर्नुपर्नेछ। टिम दर्ताको अन्तिम मिति कात्तिक २ गते बेलुकी ८ बजे सम्म तोकिएको छ।

खेलको उद्घाटन कात्तिक ३ गते बिहान ८ बजे हुनेछ।

🎖️ पुरस्कार राशी

🥇 प्रथम पुरस्कार :नगद रु.२१,१११सहित मेडल र प्रमाणपत्र

🥈 द्वितीय पुरस्कार :नगद रु.११,१११सहित मेडल र प्रमाणपत्र

🥉 तृतीय पुरस्कार :नगद रु.५,१११सहित प्रमाणपत्र

सम्पर्कका लागि: उमेश कार्की – ९८६८५०३५४५
दिपक बडुवाल – ९८६८५५५५३८

युवाहरूको जोशमा नयाँ उत्साहदीपावलीको रमाइलो माहोलसँगै आयोजना हुन लागेको GEN–Z कपले स्थानीय स्तरमा खेलमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ। आयोजक समितिले सम्पूर्ण खेलप्रेमीहरूलाई टिम दर्ता गरी कार्यक्रम सफल बनाउन हार्दिक आव्हान गरेको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१