August 24, 2026 Monday
सुझाव

नेपालले १०० घण्टाको टेलिभिजन टक शो गर्दै विश्व कीर्तिमान बनाउन तयारी

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर१८
नेपालले १०० घण्टाको टेलिभिजन टक शो गर्दै विश्व कीर्तिमान बनाउन तयारी

काठमाडौं । नेपालले विश्व मञ्चमा ऐतिहासिक कदम चाल्दै १०० घण्टा लामो Official Guinness World Record for Longest TV Talk Show आयोजना गर्ने भएको छ। यो परियोजना पूरा हुनासाथ नेपाल विश्वकै सबैभन्दा लामो टेलिभिजन टक शोको नयाँ कीर्तिमानी देश बन्नेछ।

अहिलेलाई सर्वाधिक समयको आधिकारिक रेकर्ड स्लोभेनियाका Boris Tomašič को नाममा छ—७३ घण्टा, २३ मिनेट र २१ सेकेन्ड। त्यसअघि नेपालमै रवि लामिछानेले ६२ घण्टा १२ मिनेटको टक शो सञ्चालन गरी अन्तर्राष्ट्रिय चर्चासहित विश्व रेकर्डको महत्वपूर्ण माइलस्टोन बनाएका थिए।

यसपटक नेपालले केन्द्रीय बागडोर GEN–Z को नेतृत्वमा थप ठूलो छलाङ मार्ने तयारी गरेको आयोजकले जनाएको छ। पहिलोपटक नेपालमा सीधै आकाशबाट प्रसारण हुने अद्वितीय टेलिभिजन परियोजना सुरु हुँदैछ, जसअन्तर्गत काठमाडौंस्थित स्काई टावरको २३ तला माथिबाट लगातार १०० घण्टा नन–स्टप टक शो प्रसारण गरिनेछ।

चार दिन–चार रातसम्म चल्ने यस संवाद महाअभियानमा राजनीति, समाज, उद्यम, कला, साहित्य, खेलकुद तथा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्वहरूले सहभागिता जनाउनेछन्। देशका आवाज, दृष्टि र सम्भावनालाई एउटै छानामुनि ल्याउने यो कार्यक्रमले नयाँ विचारको लहर र सकारात्मक परिवर्तनतर्फ देशलाई उन्मुख गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

नेपाल फेरि एकपटक विश्वसामु आफ्नो क्षमता, साहस र सिर्जनशीलता प्रमाणित गर्न तयार भएको आयोजकको भनाइ छ।
“इतिहास निर्माणको साक्षी बन्न सबै नेपालीलाई आमन्त्रण छ।”

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१