August 25, 2026 Tuesday
सुझाव

नेपाली पत्रकारिताको गौरव: गौरव पौडेलको ऐतिहासिक १०० घण्टे अन्तरवार्ता प्रयास

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर१८
नेपाली पत्रकारिताको गौरव: गौरव पौडेलको ऐतिहासिक १०० घण्टे अन्तरवार्ता प्रयास

काठमाडौँ । जेन-जी पुस्ताका पत्रकार गौरव पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नेपालको नाम पुनः स्थापित गर्ने लक्ष्यसहित इतिहास रच्ने अभियान सुरु गरेका छन्। पौडेलले लगातार १०० घण्टा अन्तर्वार्ता लिने घोषणा गरेका छन्, जसले विश्वकै सबैभन्दा लामो निरन्तर अन्तर्वार्ताको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ।

यसअघि केही वर्षअघि पत्रकार रवि लामिछानेले ६१ घण्टा ५ मिनेटसम्म निरन्तर अन्तर्वार्ता लिएर नेपाललाई विश्वसामु चिनाएका थिए। तर सो रेकर्ड पछि विदेशी टोलीले तोडेपछि अहिले फेरि त्यही कीर्तिमानलाई नेपालमै फर्काउने अभियानमा पौडेल सक्रिय भएका हुन्।

चार दिन चार रात nonstop अन्तर्वार्ता

पौडेलले चार दिन चार रात बिना रोकावट अन्तर्वार्ता लिँदै विश्व कीर्तिमान बनाउने तयारी पूरा गरेका छन्। यस अन्तर्वार्ता–म्याराथनमा देशका विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व—कलाकार, खेलाडी, उद्योगी, जनप्रतिनिधि, मनोवैज्ञानिक, लेखक तथा सामाजिक अभियन्ताहरूको सहभागिता सुनिश्चित गरिएको छ।
यसले कार्यक्रमलाई विविधतापूर्ण, प्रभावशाली र राष्ट्रिय पहिचान झल्किने बनाउने अपेक्षा गरिएको छ।

पहिलोपटक यस्तो प्रोफेशनल सेटअप

नेपालमा पहिलोपटक यति लामो अवधिसम्म प्रोफेशनल टेलिभिजन सेटअपमा आधारित, बिना रोकावट चल्ने अन्तर्वार्ता कार्यक्रम हुन लागेको हो।
आयोजकका अनुसार प्राविधिक संरचना, प्रत्यक्ष प्रसारण तयारी, स्वास्थ्य सुरक्षाको निगरानी, मेडिकल टिम, मनोवैज्ञानिक काउन्सेलिङ तथा सम्पूर्ण व्यवस्थापन उच्च स्तरमा गरिएको छ।

कीर्तिमान मात्र होइन—नेपाली पत्रकारिताको क्षमताको प्रदर्शन

आयोजक टिमका अनुसार यो परियोजनाको उद्देश्य केवल विश्व रेकर्ड कायम गर्नु मात्र होइन, नेपाली पत्रकारिताको चुनौती, क्षमता र लगनलाई विश्वसामु पुनः प्रमाणित गर्नु पनि हो।
यस अभियान सफल भएमा नेपालले पुनः विश्व मिडिया क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।

पौडेल र उनकी टोलीले देशभरिबाट हौसला, शुभकामना र सकारात्मक ऊर्जाका लागि अपिल पनि गरेका छन्।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

राेशन

,,,

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१