August 24, 2026 Monday
सुझाव

धरानका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ ले संसद मन्त्री सम्बन्धी नयाँ नीति प्रस्तुत

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२मंसिर१७
धरानका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ ले संसद मन्त्री सम्बन्धी नयाँ नीति प्रस्तुत

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले आगामी चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। सो घोषणापत्रअनुसार, यदि पार्टीबाट निर्वाचित सांसद मन्त्री बन्न चाहन्छ भने, उनको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था लागू गरिने बताइएको छ। पार्टीको तर्क छ कि सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु हो, त्यसैले मन्त्री बन्ने व्यक्तिले सम्बन्धित क्षेत्रको विशेषज्ञता आवश्यक पर्नेछ।

साथै, पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र फरक लिङ्गको उपराष्ट्रपति हुनुपर्ने प्रस्ताव अघि सारेको छ। त्यसैगरी, घोषणापत्रमा समावेश अन्य मुख्य नीति यसप्रकार छन्:

सम्पूर्ण आईएनजीओहरू खारेज गर्ने।

सीमा सुरक्षामा सेना खटाउने।

वैवाहिक अङ्गीकृत नागरिकताका लागि ५ वर्ष अनिवार्य बसोबासको शर्त लागू गर्ने।

कक्षा १२ उत्तीर्ण गरेपछि अनिवार्य सैनिक तालिम लिएर मात्र उच्च शिक्षा हासिल गर्न पाइने।

विद्यालयमा साताको ३ दिन सैद्धान्तिक पढाइ र बाँकी ४ दिन उत्पादनमूलक काममा लगाइने।

पार्टीका नेताहरूले यस घोषणापत्रलाई राष्ट्रिय स्तरमा श्रम, सुरक्षा र शिक्षा सुधारका उद्देश्यमा केन्द्रित भएको बताएका छन्।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

राेशन खड्का

🙏

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१