August 25, 2026 Tuesday
सुझाव

रास्वापाको केन्द्रीय सदस्य बने – खेमराज साउद

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२पुष२१
रास्वापाको केन्द्रीय सदस्य बने – खेमराज साउद

काठमाडौं –  बाजुरा बडिमालिका नगरपालिका वडा नम्बर ०५ निवासी खेमराज साउद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार उहाँलाई उक्त जिम्मेवारी दिइएको हो।
विभिन्न आन्दोलनहरूमा सक्रिय सहभागिता जनाउँदै अन्याय, अत्याचार, बेथिति र विसङ्गतिविरुद्ध ज्यानको बाजी थापेर सडक संघर्षमा उत्रिएका साउद समाजसेवी अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ। सामाजिक न्याय, सुशासन र जनअधिकारका पक्षमा निरन्तर लड्दै आएको उहाँको संघर्षले आज राष्ट्रिय तहको नेतृत्वमा पुर्‍याएको स्थानीयको भनाइ छ।
सडक आन्दोलनदेखि सामाजिक सेवासम्मको यात्रामा उहाँले सधैं जनताको आवाजलाई प्राथमिकतामा राख्दै आउनुभएको उल्लेख गरिएको छ। उनका समर्थकहरूका अनुसार यो मनोनयन व्यक्तिगत उपलब्धि मात्र नभई आन्दोलनबाट नेतृत्व जन्मिन सक्ने उदाहरण पनि हो।
केन्द्रीय सदस्यको जिम्मेवारीसँगै अब देशको मुहार फेर्ने यात्रा अझ चुनौतीपूर्ण हुने बताइएको छ। विशेषगरी सुदूरपश्चिम र बाजुरा जस्ता पछाडि पारिएका क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउन अझ बढी अडिग भएर अघि बढ्नुपर्ने अपेक्षा गरिएको छ।
यसैबीच, उहाँको मनोनयनप्रति विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त भइरहेका छन्।
“रास्वापाको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ,खेमराज साउद” भन्ने सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१