August 25, 2026 Tuesday
सुझाव

रवि लामिछाने–बालेन शाहबीच दोस्रो चरणको वार्ता सुरु, कुपन्डोलमा गोप्य छलफल

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२पुष१०
रवि लामिछाने–बालेन शाहबीच दोस्रो चरणको वार्ता सुरु, कुपन्डोलमा गोप्य छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच दोस्रो चरणको भेटवार्ता सुरु भएको छ।
ललितपुरको कुपन्डोलस्थित बालेनका निकट सहयोगी तथा ब्याञ्जनकार कुमार वेनको निवासमा उनीहरूबीच छलफल चलिरहेको रविनिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार हाल वार्तामा रवि र बालेन मात्र सहभागी छन्।
यसअघि पनि दुवै नेताबीच कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको घरमा लामो छलफल भएको थियो। करिब ६ घण्टा चलेको उक्त भेटपछि उनीहरू एउटै गाडीमा बाहिरिएका थिए। तर त्यस भेटवार्ताबाट ठोस राजनीतिक सहमति ननिस्किएपछि बालेनले पछिल्ला दिनहरूमा विभिन्न पक्षसँग छुट्टाछुट्टै संवाद अघि बढाएका थिए।
त्यही क्रममै रवि लामिछाने बालेनसँग भेट गर्न कुपन्डोल पुगेका हुन्। भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति र सम्भावित सहकार्यबारे छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१