August 24, 2026 Monday
सुझाव

बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’, चुनाव चिन्ह ‘लौरो’

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२पुष१०
बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’, चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) दलसहित फागुन २१ गते हुने निर्वाचनमा होमिने भएका छन्। उनले ‘हाम्रो नेपाली पार्टी’को नाम परिवर्तन गरी ‘देश विकास पार्टी’ गठन गर्दै निर्वाचन मैदानमा उत्रने तयारी गरेका हुन्।
निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’को हाल अध्यक्ष अनन्तराम घिमिरे रहेका छन्। पार्टी स्रोतका अनुसार निकट भविष्यमै बालेन स्वयं पार्टीको अध्यक्ष बन्ने तयारीमा छन्। पार्टीको चुनाव चिन्ह ‘लौरो’ रहने छ, जुन चिन्हबाट बालेन यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
बुधबार राति करिब ६ घन्टाभन्दा बढी चलेको छलफलमा बालेनले विभिन्न युवा शक्ति र स्वतन्त्र धारका समूहलाई एकजुट भएर अघि बढ्न प्रस्ताव गरेका थिए। उनले वैकल्पिक राजनीतिक शक्तिलाई फराकिलो बनाउँदै देश विकासको एजेन्डामा केन्द्रित पार्टी निर्माण गर्ने धारणा राखेका छन्।
छलफलका क्रममा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई साधारण सदस्य मात्र बन्न सुझाव दिएको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ। उक्त प्रस्तावले आफू अपमानित भएको महसुस भएको बालेनको गुनासो रहेको बताइएको छ।
‘देश विकास पार्टी’लाई व्यापक र समावेशी बनाउँदै आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने तयारीमा बालेन रहेको पार्टी निकट स्रोतको भनाइ छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

ofiub

dfliby90

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१