August 24, 2026 Monday
सुझाव

बालेन आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारीमा

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२पुष१०
बालेन आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफ्नै नेतृत्वमा नयाँ राजनीतिक पार्टी खोल्ने मनस्थितिमा पुगेका छन्। उनले बुधबार ललितपुरको कुपन्डोलमा करिब सात घण्टा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग लामो छलफल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको सम्भावित सहकार्यले सार्थकता नपाउने देखिएपछि बालेनले नयाँ राजनीतिक विकल्पको खोजीमा छलफललाई तीव्र बनाएको बताइएको छ।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवार सूची दर्ता गर्ने समय नजिकिँदै गएकाले छलफललाई तत्काल निष्कर्षमा पुर्‍याउनुपर्ने दबाब रहेको स्रोतको भनाइ छ। सो क्रममा बालेनले पत्रकार, उद्योगी, व्यवसायी, जेनजी (Gen-Z) प्रतिनिधि तथा विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूसँग समेत भेटघाट गरेका थिए।
छलफलमा विवेकशील पार्टी छाडेका नेता मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, जनमत पार्टीका सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, सुरजसिंह ठकुरी, सम्भव सिरोहियालगायतको उपस्थिति रहेको बताइन्छ।
हालसम्म कुन स्वरूपको पार्टी अघि बढाउने भन्ने विषयमा अन्तिम निर्णय नभए पनि यसअघि ‘लौरो’ चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गर्दै अगाडि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
मेयर बालेनको पछिल्लो गतिविधिले वैकल्पिक राजनीतिक शक्तिको सम्भावनाबारे नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१