August 24, 2026 Monday
सुझाव

एमाले ११औँ महाधिवेशनबाट नरेश रोकाया केन्द्रीय सदस्य

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२पुष१
एमाले ११औँ महाधिवेशनबाट नरेश रोकाया केन्द्रीय सदस्य

काठमाडौं -नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट अखिल (अनेरास्ववियु)का पूर्वमहासचिव नरेश रोकाय सर्वसम्मत रूपमा केन्द्रीय सदस्य चयन भएका छन्। उनी खुल्ला ४० वर्षमुनिका युवाको कोटाबाट केन्द्रीय सदस्य बनेका हुन्।

अन्तिम नामावली सार्वजनिक भएपछि शिलापत्रसँग प्रतिक्रिया दिँदै रोकायले आफूलाई न्याय मिलेको अनुभूति भएको बताए। उनले भने,
‘अखिलमा उमेरहदका कारण किनारामा पारिएपछि धेरै शुभेच्छुक निराश भएका थिए। यसपटक साथीहरूले पार्टीलाई मेरो आवश्यकता छ भनेर सर्वसम्मत रूपमा अगाडि बढाउनुभयो। यसले मलाई न्याय मिलेको महसुस भएको छ।’

केन्द्रीय सदस्यको जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक र प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

बाजुराको गौमुल गाउँपालिका–३ मा जन्मिएका रोकायले पृथ्वीनारायण क्याम्पस, पोखराबाट २०६१ सालदेखि होलटाइमर राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले १३ वर्षको उमेरमा २०५६ सालमा बालविकास माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवका रूपमा राजनीतिक संगठनमा प्रवेश गरेका थिए।

त्यसपछि २०६० सालमा अनेरास्ववियु बाजुरा जिल्ला सदस्य, २०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सदस्य बनेका रोकाय २०६७ र २०७० सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने।
२०७२ सालमा केन्द्रीय सचिवालय सदस्य, २०७५ सालमा केन्द्रीय स्थायी कमिटी सदस्य, २०७८ सालमा केन्द्रीय कमिटी उपमहासचिव र २०७९ सालमा केन्द्रीय कमिटी महासचिवको जिम्मेवारी सम्हालेका थिए।

उनी २०८२ जेठमा उमेरहदका कारण अखिलको नेतृत्वबाट बाहिरिएका थिए। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका रोकायको एमाले केन्द्रीय कमिटीमा पुनः प्रवेशलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ।

 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१