August 25, 2026 Tuesday
सुझाव

प्रधानमन्त्रीलाई १८ वर्षमै जनप्रतिनिधि बन्न पाउने प्रस्तावसहित ज्ञापन पत्र

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२मंसिर१७
प्रधानमन्त्रीलाई १८ वर्षमै जनप्रतिनिधि बन्न पाउने प्रस्तावसहित ज्ञापन पत्र

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपालमा १८ वर्ष उमेर पूरा भएसँगै जनप्रतिनिधि बन्न र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था सुनिश्चित गर्नुपर्ने मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार सिंहदरबारमा पार्टी अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले विभिन्न माग समेटिएको ज्ञापन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो।

पार्टीले आगामी फागुन २१ गते निर्धारित निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित रूपमा सम्पन्न हुने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरेको छ। साथै विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने तथा भ्रष्टाचार बढ्दै गएको भन्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि माग गरिएको छ।

अध्यक्ष किरातीका अनुसार जेनजी जनआन्दोलनले दिएको म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिसँग भएको सहमतिको खाका तत्काल टुंग्याई हस्ताक्षर गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

त्यसैगरी जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने, सहकारी पीडितको पाँच लाखसम्मको बचत रकम सरकारले क्षतिपूर्ति रूपमा उपलब्ध गराउनुपर्ने, मिटरब्याजी तथा लघुवित्तको ठगी रोक्न कडाइ गर्नुुपर्ने माग पनि प्रगतिशील लोकतान्त्रिक पार्टीले राखेको छ।

आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाउनुपर्ने, वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति तथा भन्सार प्रक्रियामा सरलीकरण आवश्यक रहेको, विदेश अध्ययनमा जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (NOC) प्रक्रिया सहज बनाउनुपर्ने, किसानलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराउनुपर्ने लगायतका मागहरू समेत ज्ञापनमा समावेश गरिएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१