August 13, 2026 Thursday
सुझाव

कांग्रेस महाधिवेशन तोकिएको मितिमै : देउवाले भने–युवालाई अगाडि ल्याउँछु

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२मंसिर१७
कांग्रेस महाधिवेशन तोकिएको मितिमै : देउवाले भने–युवालाई अगाडि ल्याउँछु

 काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित कार्यतालिकाअनुसार पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुने बताएका छन्।

बुधबार दिउँसो महाराजगञ्जस्थित निवासमा नेविसंघ र तरुण दलमा जिम्मेवारी सम्हालेका युवाहरूको समूहसँगको भेटमा देउवाले युवाहरूलाई ‘गाउँ–गाउँ जानुस्, पार्टीलाई एक ढिक्का बनाउनुस्’ भन्दै सक्रिय हुन आग्रह गरे।

भेटमा सहभागी नेविसंघ पूर्व कोषाध्यक्ष शिव रिमालका अनुसार देउवाले महाधिवेशन कुनै हालतमा नसरेको र तोकिएको मितिभित्रै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याए।
‘सभापतिज्यूले पार्टीलाई एकजुट बनाउने र युवालाई अघि बढाउने स्पष्ट कुरा गर्नुभयो,’ रिमालले बताए।

मंसिर १५ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। तर, केही नेताहरूले समय अभावका कारण महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने तर्क गर्दै आएका छन्।

दुई कार्यकाल सभापति भइसकेका देउवा भने विधानअनुसार आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवार हुन नपाउने भएकाले नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताइन्छ।

 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१