August 24, 2026 Monday
सुझाव

पुराना नेताहरूलाई फर्कन नदिन सहकार्य आवश्यक : सुमना श्रेष्ठ

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर१७
पुराना नेताहरूलाई फर्कन नदिन सहकार्य आवश्यक : सुमना श्रेष्ठ

काठमाडौं – पूर्वमन्त्री सुमना श्रेष्ठले देशलाई निकास दिने एकमात्र मार्ग वैकल्पिक राजनीतिक शक्तिहरूबीचको एकता भएको बताउनुभएको छ। रास्वपा परित्याग गरी हाल स्वतन्त्र रूपमा सक्रिय रहनुभएका श्रेष्ठले बुधबार सम्पन्न उज्यालो पार्टी नेपालको घोषणा सभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभयो।

श्रेष्ठका अनुसार, जेन-जी विद्रोहमार्फत अस्वीकार भएका पुराना दलका नेताहरूलाई पुनः कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्ति आपसमा सहकार्यमा उभिन आवश्यक छ।
उहाँले फराकिलो दृष्टिकोण, साझा एजेन्डा र उत्तरदायित्वपूर्ण राजनीतिक संस्कृतिबाट मात्रै देशले दिगो समाधान पाउने उल्लेख गर्नुभयो।

उहाँले सबै पक्षलाई सुशासन, विधिको शासन, विभेदरहित समाज तथा समान अवसर निर्माण गर्ने दिशामा संयुक्त रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
श्रेष्ठले आफू पनि वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै साझा मोर्चामा ल्याउने काममा लागिरहेकाले यसको सफलताका लागि व्यापक सहभागिता जरुरी भएको बताउनुभयो।

अन्त्यमा उनले, नेपाल अब नागरिकको पार्टी बन्ओस्, नागरिककै नेतृत्वमा अघि बढोस्,
भनेर शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१