August 30, 2026 Sunday
सुझाव

बाजुरामा आगलागी: फर्निचर उद्योग र गाडीको ग्यारेजमा क्षति

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर१६
बाजुरामा आगलागी: फर्निचर उद्योग र गाडीको ग्यारेजमा क्षति

बाजुरा – बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ। बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत् तार सट हुँदा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार, पसलमा काठको काम भइरहेको बेला अचानक विद्युत् तार सट हुँदा आगो फैलिएको हो। आगलागीको कारणले बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहित पसलमा राखिएका सामान जलेर नष्ट भएका छन्।

सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक जोशीले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

त्यो भन्दा दुख लाग्दो कुरो त यो छ कि बाजुरा जिल्ला मा एउटा दम्कल पनि छैन्😭😭

त्यो भन्दा दुख लाग्दो कुरो त यो छ कि बाजुरा जिल्ला मा एउटा दम्कल पनि छैन्😭😭

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१