August 30, 2026 Sunday
सुझाव

सुदुरपस्चिम बाट उठेको आवाज अब सरकारमा : सुदूरपश्चिमका हेमराज थापा मन्त्री बन्दै

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२कार्तिक११
सुदुरपस्चिम बाट उठेको आवाज अब सरकारमा : सुदूरपश्चिमका हेमराज थापा मन्त्री बन्दै

 राेशन खड्का – काठमाडौं , सुदुरपस्चिम प्रदेशका चर्चित युवा अभियन्ता हेमराज थापा अब मन्त्री बन्ने तयारीमा छन्। जेनजि आन्दोलनमा देखाएको नेतृत्व, त्याग र जनप्रतिबद्धताको कदरस्वरूप उनको नाम प्रधानमन्त्री कार्यालयमा सिफारिस गरिएको स्रोतले जनाएको छ।

थापा लामो समयदेखि समाजमा फैलिएर रहेका अन्याय, भ्रष्टाचार र असमानताविरुद्ध दृढ आवाज बनेका नाम हुन्। सडकदेखि संसदसम्मको परिवर्तनको सपना बोकेर हिँडेका उनले युवाहरूको मन जित्न सफल भएका छन्।

जेनजि आन्दोलनका क्रममा घाइते युवाहरूसँग अस्पतालमै पुगेर सहयोगका हात बढाएका थापा अहिले सुदूरपश्चिमका हजारौँ युवाको आशा बनेका छन्। सामाजिक सञ्जालमा “हेमराज थापालाई मन्त्री बनाउनु पर्छ” भन्ने अभियान तीव्र रूपमा फैलिरहेको छ।

बाजुराको विकट गाउँमा जन्मिएका थापा शिक्षाशास्त्र र राजनीतिशास्त्रमा स्नात्तकोत्तर (Master’s) छन्। उनले विगत दशकभर सामाजिक न्याय र सुशासनका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। देश र जनताको पक्षमा सडकमा बोल्दा २० भन्दा बढी पटक पक्राउ परे पनि उनको आत्मबल कहिल्यै कमजोर भएन।

थापाको सरल स्वभाव, निडर नेतृत्व र जनमुखी सोचका कारण उनी आज देशभरका युवाको आवाज बनेका छन्। विदेशमा अलपत्र परेका सयौँ युवाको उद्धार गरेर उनले मानवताका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएका छन्।

अब प्रश्न केवल एउटै छ  सुदूरपश्चिमले पाएको यो आवाज मन्त्रीको रूपमा कहिले संस्थागत रूप लिन्छ?
देशभरको ध्यान अहिले हेमराज थापातर्फ मोडिएको छ

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१