July 16, 2026 Thursday
सुझाव

नेपाल खबरका सम्पादक रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार मा नियुक्त

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन२९
नेपाल खबरका सम्पादक रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार मा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शुसिला कार्कीले पत्रकार रामबहादुर रावललाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको छ । बाजुराको बडीमालिका नगरपालिका–८ निवासी रावल लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्।

रावलले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, र ग्यालेक्सी फोरके टेलिभिजन लगायतका सञ्चारमाध्यममा समाचार कक्षको नेतृत्व गरेका छन्। पछिल्लो समय उनी नेपाल खबरका सम्पादकका रूपमा कार्यरत थिए।

शैक्षिक योग्यता अनुसार रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। उनको पत्रकारिता क्षेत्रमाको दीर्घ अनुभव र दक्षतालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्कीले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हाे ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११