August 25, 2026 Tuesday
सुझाव

१८ वर्ष पूरा हुने नागरिकलाई फागुन निर्वाचनमा भोट हाल्ने व्यवस्था

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन९
१८ वर्ष पूरा हुने नागरिकलाई फागुन निर्वाचनमा भोट हाल्ने व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म (कात्तिक ३० गते) मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले आगामी २० फागुनसम्म १८ वर्ष पूरा गर्ने नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने गरी संकलन र अद्यावधिक कार्य निरन्तर चलाइने जनाएको छ ।जेन–जी विद्रोहपश्चात् बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २१ फागुनका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेको छ । सामान्यतया निर्वाचन मिति तोकिएपछि मतदाता नामावली संकलन रोक्ने प्रावधान रहे पनि सरकारले बुधबार अध्यादेशमार्फत त्यसलाई परिमार्जन गरेको हो । सो व्यवस्था संशोधनसँगै आयोगले कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको हो ।

[instant_emoji_reactions]

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१