August 25, 2026 Tuesday
सुझाव

जनताको पीडा लिएर हेमराज थापा मन्त्रालय पुग्दा, कुलमानको बाजुरा प्राथमिकतामा राख्ने आश्वासन

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२मंसिर३
जनताको पीडा लिएर हेमराज थापा मन्त्रालय पुग्दा, कुलमानको बाजुरा प्राथमिकतामा राख्ने आश्वासन

राेशन खड्का काठमाडौं- लामो समयदेखि अधुरो बनेको सेती लोकमार्ग तत्काल निर्माण गर्नुपर्ने मागसहित राजनीतिक अभियन्ता हेमराज थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

२०६६/६७ मा काम सुरु भएको सेती लोकमार्ग १५ वर्षसम्म पनि पूर्णरूपमा अगाडि नबढेको भन्दै थापाले मन्त्रीकै सामु “शेरबहादुर देउवाले धेरै दुःख दियो, अब त्यो दमन सहिँदैन” भनेर कडा चेतावनी दिएका छन्।

चार दशक पुरानो अवधारणा, अझै अधुरो ट्र्याक टीकापुर–बझाङ–तिब्बत (ताक्लाकोट) जोड्ने ३५९ किलोमिटर लामो सेती लोकमार्गमध्ये हालसम्म १८७ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। राज्यका नीति तथा कार्यक्रममा लगातार समेटिए पनि नेताहरूको इच्छाशक्तिको अभावले सडक वर्षौँदेखि अलपत्र छ।

देउवामाथि अवरोधको आरोप

थापाले डडेल्धुराको व्यापारिक प्रभाव घट्ने भन्दै देउवाको स्वार्थकै कारण सडक निर्माण रोकिएको आरोप लगाए।
उनले भने, अब बाजुराबासीले देउवाले दिएको जस्तो दुःख सहनु पर्ने अवस्था नआओस्।

बाजुराका अन्य विकाससम्बन्धी माग – थापाको टोलीले बाजुराका विभिन्न विकास योजनामा पनि सरकारको ध्यानाकर्षण गराएको छ।

दानसाँघुमा बेलिब्रिज निर्माण मार्तडी–भौनरा, आटीचौर, कोल्टी सडक निर्माण बाउलीको पुल निर्माण सुत्केरी र बिरामीले बाटो र एम्बुलेन्स अभावमा भोग्दै आएको समस्याको समाधान ढिलासुस्ती गर्ने ठेकेदारमाथि कानुनी कारवाही कोल्टी क्षेत्रका चार पालिकाका जनतालाई सरकारी सेवा लिन परेको सास्ती हटाउने थापाले सरकारले तत्परता नदेखाए “आफैँले उपचार सुरु गर्ने” चेतावनी समेत दिए।

मन्त्री कुलमान घिसिङको प्रतिक्रिया

मन्त्री घिसिङले बाजुरालाई बजेटमा प्राथमिकतामा राखिने, निर्माण ढिलो गराउने र म्याद नाघाउने ठेकेदारको ठेक्का प्रक्रियागत रूपमा रद्द गरिने स्पष्ट धारणा राखे।
उनले भने, यो सरकार जनताको हो, जनताका काम रोकिँदैन। काम छिटो हुन्छ।थापासहित दुई दर्जन जेनजी प्रतिनिधि टोली मागसहित मन्त्रालय पुगेका थिए।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१