August 24, 2026 Monday
सुझाव

निकोलस भुसाल गोरखाबाट पक्राउ

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२कार्तिक१८
निकोलस भुसाल गोरखाबाट पक्राउ

काठमाडौं – गोरखाका निकोलस भुसाल आज दिउँसो प्रहरीले पक्राउ गरेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार डिएसपी अनिल घिमिरेको नेतृत्वमा काठमाडौंबाट विशेष टोली पठाइएकाे थियो। भुसाल सोमबार गोरखा पुगेका थिए भने मंगलबार दिउँसो पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार, “उनी अहिले हाम्रो नियन्त्रणमा छन्, मेडिकल परीक्षणका लागि अस्पताल पठाइएको छ।”

भुसालले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत अराजक तथा विवादास्पद अभिव्यक्तिहरू सार्वजनिक गर्दै आएको भन्दै प्रहरीले सोधपुछका लागि पक्राउ गरेको जनाएको छ।

हाल उनी प्रदेश अस्पताल गोरखामा स्वास्थ्य परीक्षणपछि थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै रहेकाे छ।

👉 स्रोत: सेतोपाटी

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१