July 16, 2026 Thursday
सुझाव

जीवन र मृत्युको दोसाँधमा ललिता बडुवाल तपाईंको सानो सहयोगले एउटा परिवारको उज्यालो फर्किन सक्छ

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२कार्तिक१७
जीवन र मृत्युको दोसाँधमा ललिता बडुवाल तपाईंको सानो सहयोगले एउटा परिवारको उज्यालो फर्किन सक्छ

बाजुरा – बडिमालिका नगरपालिका ६काेर्ध 
जीवन कहिलेकाहीँ कति कठोर हुन्छ जसले हाँस्ने अनुहारलाई पनि पीडाको समुद्रमा फ्याँकिदिन्छ।
बडिमालिका–६ निवासी ललिता बडुवाल अहिले जीवन र मृत्युबीचको कठिन संघर्षमा हुनुहुन्छ।

मृगौला सम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटु रोग जस्ता गम्भीर रोगहरूसँग लामो समयदेखि जुध्दै आउनु भएकी ललिता केही महिनादेखि निरन्तर उपचाररत रहँदै आउनु भएको थियो।
तर पछिल्लो केही समयदेखि उहाँको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अहिले धनगढीस्थित NOVA Hospital को आइसियु (ICU) मा उपचार भइरहेको छ।

उहाँको उपचारमा दैनिक बेड चार्ज र औषधिमै करिब रु. ८ हजारदेखि १० हजारसम्म खर्च भइरहेको छ।घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा ठूलो चुनौती आएको छ।

परिवारका अनुसार, ललिता बाँच्ने प्रबल इच्छा राख्नुभयो, तर पैसाको अभावले उहाँको उपचार रोकिन सक्ने डरले घरपरिवार असहाय बनेका छन्।आँखामा आँसु, मुटुमा डर, तर अझै पनि आशा बाँकी छ ।कि, सबैको माया र सहयोगले उहाँ फेरि आफ्नो परिवारको काखमा फर्किन सक्नुहुनेछ।

त्यसैले बडिमालिका-६ बाट देशविदेशमा रहेका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक अनुरोध छ ।
तपाईंको सानो सहयोगले ललिता बडुवालको जीवनमा फेरि आशाको किरण ल्याउन सक्छ।
सके अनुसार सहयोग गरौं, उहाँका लागि केही क्षणको समय निकालौं किनभने तपाईंको सहयोगले एउटा परिवारको संसार फेरि उज्यालो बनाउन सक्छ।

सहयोग का लागि तलकाे QR स्क्यान गर्न सक्नुहुनेछ ।

सहयाेगका लागि याे QR

 

 

 

सहयाेगका लागि याे QR हाम्रो सम्पर्क:9868323912

सहयोग गरौं, जीवन बचाऔं।
ललिता बडुवाल बाँच्नुहुन्छ भने त्यो हाम्रो सामूहिक             मानवीयता जित्ने क्षण हुनेछ। 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११