August 24, 2026 Monday
सुझाव

अनुसन्धान गर्दै गर्नुस्, थेसिस लेख्न काम लाग्ला-हेमराजको व्यंग्यात्मक चुनौती

समाचार सुन्नुहोस्:
Avatar photo राेशन खड्का
प्रकाशित मिति: २०८२कार्तिक१७
अनुसन्धान गर्दै गर्नुस्, थेसिस लेख्न काम लाग्ला-हेमराजको व्यंग्यात्मक चुनौती

सुदुरपस्चिम प्रदेश  बाजुराको दुर्गम गाउँबाट राजधानी  काठमाडौं सम्मकाे यात्रा क्रान्ति, संघर्ष काे कथा – हेमराजले सामाजिक सञ्जाल फेसबुक मार्फत  प्रकाशित स्टाटसले अहिले राजनीतिक र सामाजिक वृत्तमा चर्चा पाएको छ। उनले आफ्नो स्टाटसमा गरिबी, संघर्ष र सामाजिक दबाबबीच पनि आत्मगौरव र आत्मविश्वासका साथ जीवन अगाडि बढाइरहेको सन्देश दिएका छन्।

हेमराजले लेखेका छन् ।
बिकट बाजुरामा जन्मेर काठमाडौं आइपुगेको छु, तिमिहरु मेरो बारेमा अनुसन्धान गरिरहेका छौ, अदालतदेखि प्रहरीसम्म बुझिरहेका छौ। म गर्व गर्छु कि म गरिब बस्तीबाट उठेर काठमाडौं पुगेको छु र तिमिहरुको निद हराम पारिदिएको छु।

उनी भन्छन्, उनका आमाबुबाले १७ वर्ष भारतमा चौकिदारी र मजदुरी गरेर उनलाई पढाउने वातावरण बनाएका थिए। त्यसका लागि उनले आफ्ना बाबुआमाप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।

म गर्व गर्छु ती आमाबाबा प्रति जसले आफ्ना पसिनाको रगत बगाएर मलाई शिक्षित बनाएका छन्, उनले लेखेका छन्।

हेमराजले आफूलाई राज्यका निकायहरूले लगातार निगरानीमा राखेको आरोप लगाएका छन्। उनले लेखेका छन् ।
७७ जिल्लाका अदालत र प्रहरी कार्यालयमा बुझिरहेका छौ, युद्ध लडेको छापामार हो कि हैन त्यो बुझिरहेका छौ, आतंककारी हो कि हैन त्यो बुझिरहेका छौ, आम्दानी के हो त्यो बुझिरहेका छौ।

उनले आफू कुनै अपराधी नभई जनताको पक्षमा बोल्ने, कलम बोकेर लड्ने व्यक्ति भएको स्पष्ट पारेका छन्।
मसँग गुमाउनलाई केही छैन। मसँग कन्चन पवित्र रगत छ, जुन मैले पटक पटक बगाइसकेको छु र फेरि पनि बगाउन तयार छु, हेमराजको भनाइ छ।

हेमराजले आफ्नो विद्यार्थी जीवनको प्रसंग पनि उल्लेख गरेका छन्। उनका अनुसार, कतिपय विद्यार्थी नेताहरू जो पढाइ र आन्दोलनमा उनको बराबरीमा आउन नसकेका थिए, अहिले कुण्ठाबाट प्रभावित भई उनलाई बदनाम गर्न खोजिरहेका छन्।
फुल छात्रवृत्ति पाएको हेमराजलाई सम्झिँदा रिस उठ्छ होला है? मेरो क्लियर ब्यागभित्र कोचेका सर्टिफिकेटहरू हेर त, तिमिहरुका भन्दा धेरै संघर्षका प्रमाणहरू छन्,उनले लेखेका छन्।

उनले आफ्नो जीवनलाई संघर्ष र प्रतिरोधको प्रतीकका रूपमा व्याख्या गर्दै लेखेका छन् ।
बन्दुक बोकेको छापामार हुन पाइनँ, तर कलम बोकेको क्रान्तिकारी म सधैं रहेछु। भुइँमान्छेका निम्ति लड्ने प्रतिवद्धता मेरो जीवनको लक्ष्य हो।

हेमराजको यो अभिव्यक्तिलाई धेरैले संघर्षको गर्व भनेर व्याख्या गरेका छन् भने कतिपयले यसलाई “प्रणालीप्रतिको असन्तोष र प्रतिरोधको आवाज” भनेका छन्।

स्टाटसको अन्त्यमा उनले लेखेका छन् ।
तिमिहरुको दिलमा नभएपनि डरले नै सही, म तिमिहरुको दिमागमा छु। यही नै मेरो सफलता हो। मेरो बारेमा अनुसन्धान गर्नुस, थेसिस लेख्न काम लाग्ला।

हेमराजको यो सन्देश अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ। उनका अनुयायीहरू उनले जनताको आवाज बुलन्द गर्न थालेको भन्दै समर्थन जनाइरहेका छन्।

हेमराज थापाले फेसबुकमा राख्नुभएको स्टाटस
हेमराज थापाले फेसबुकमा राख्नुभएको स्टाटस
प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१