July 16, 2026 Thursday
सुझाव

डोटीमा मृत भेटिएकी शिक्षिकाको सुसाइड नोट : अर्काको श्रीमान्‌सँग जीवन जिउन सकिएन

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२कार्तिक१२
डोटीमा मृत भेटिएकी शिक्षिकाको सुसाइड नोट : अर्काको श्रीमान्‌सँग जीवन जिउन सकिएन

डोटीमा एक युवती शिक्षिका मृत भेटिएकी छिन्। मृतकको कोठामा फेला परेको सुसाइड नोटका आधारमा प्रहरीले एक जनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ।

पूर्वीचौकी गाउँपालिका १ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का सोमबार दिउँसो आफ्नै गाउँमा मृत भेटिएकी थिइन्। उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी दीपेन्द्र पालका अनुसार मृतकको मोबाइल कभर पछाडि सुसाइड नोट फेला परेको र सोहीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

यस घटनामा संलग्न भएको आरोपमा डोटी शिक्षा तथा समन्वय इकाइका विद्यालय निरीक्षक (विनि) २८ वर्षीय गणेश रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रावल शिखर नगरपालिका–११ का स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएपछि रावल र जानकीबीच सम्बन्ध सुरु भएको देखिएको छ। रावलले पटक–पटक विवाहका लागि दबाब दिँदै मानसिक तनाव दिएको आरोप मृतक परिवारको छ।

सुसाइड नोटमा पीडा

सुसाइड नोटमा जानकीले लेखेकी छन् “अहिलेसम्म ड्याडी–मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ। आज जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो। गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले उसलाई भेटेको छु, न देखेको छु। सबै उसका नाटक हुन् मलाई फसाउने।”

त्यसमा उनले अगाडि लेखेकी छन्  “मेरो आयु यत्ति नै रहेछ। बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ।”

सुसाइड नोटमा उनले भाइलाई आमा–बुबाको ख्याल गर्न, इज्जत गुम्ने काम नगर्न र आफ्नो अधुरो सपना पूरा गर्न आग्रह गरेकी छन्।

परिवारको भनाइ

मृतककी भाइ प्रदीप खड्काका अनुसार दिदीले दुई वर्षअघि स्थायी शिक्षक सेवा पास गरेर सरकारी सेवा प्रवेश गरेकी थिइन्।

“हामी मध्यमवर्गीय परिवार हौं। बुवा रक्तचापका बिरामी, आमा माइग्रेनले पीडित। घरको सम्पूर्ण जिम्मा दिदीमाथि थियो। दिदी गुमेपछि हाम्रो परिवारको आधार ढल्यो,” उनले भने।

प्रदीपका अनुसार गणेश रावलले फोन गरेर पनि धम्की दिने गरेका थिए  “दिदीसँग विवाह गर्न वातावरण मिलाऊ, नत्र ज्यान मार्छु भनेका थिए।”

रावलको वैवाहिक अवस्था

प्रहरी अनुसन्धानमा खुलेको तथ्यअनुसार गणेश रावल पहिले नै विवाहित थिए र उनका सन्तानसमेत छन्। पछि उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए।
तर, त्यसपछि पनि उनी जानकीलाई विवाह गर्न दबाब दिँदै आएका थिए।

प्रहरीको भनाइ

डीएसपी दीपेन्द्र पाल भन्छन्  “सुसाइड नोट र परिवारले दिएको किटानी जाहेरीका आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ। रावल नियन्त्रणमा छन्, थप अनुसन्धान जारी छ।”

पृष्ठभूमि

मृतक : जानकी खड्का (२७), गणित शिक्षिका

कार्यस्थान : भानुदय नमूना माध्यमिक विद्यालय, बाजुरा

घटना : पूर्वीचौकी गाउँपालिका १, डोटी

आरोपित : गणेश रावल, विद्यालय निरीक्षक

मुद्दा : आत्महत्या दुरुत्साहन

 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११