August 24, 2026 Monday
सुझाव

प्रचण्डको अपिल : वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२कार्तिक११
प्रचण्डको अपिल : वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अब समयको माग भएको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रचण्डले देशमा देखिएका जटिल राजनीतिक अवस्था, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि परेका चुनौती समाधानका लागि वामपन्थी एकता अपरिहार्य भएको बताएका हुन्।

उनले भने, “राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। अहिलेको परिस्थितिमा देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अत्यावश्यक बनेको छ।”

प्रचण्डले माओवादी धारासहितका सबै वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आह्वान गरे। उनले भने, “राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थीहरूले साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।”

त्यसैगरी, उनले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आग्रह गरे।

यसैबीच, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको तयारी तीव्र बनेको छ। अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल एकताको पक्षमा उभिए पनि केही नेताहरू भने असहमति जनाइरहेका छन्। कार्यदलमार्फत दुवै पार्टीबीच एकताको तयारी अघि बढाइएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१