July 16, 2026 Thursday
सुझाव

रामबाग महलमा महेश बस्नेतको प्रस्ताव: जेनजी आन्दोलनमा संलग्नलाई एमालेबाट बिदा गरौँ

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन३१
रामबाग महलमा महेश बस्नेतको प्रस्ताव: जेनजी आन्दोलनमा संलग्नलाई एमालेबाट बिदा गरौँ

काठमाडौं, २०८२ असोज ३१ – नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक नरहेको बताएका छन्। उनले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको नेतृत्व बलियो बनाएर पार्टीलाई अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनु पर्ने बताएका छन्।

बस्नेतले भने, “संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११औँ महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्नु उचित हुन्छ। विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तद्वन्द्व बढाउन नलागौँ।”

उनले ओलीको विकल्प खोज्ने नेताहरू प्रचण्ड र माधव नेपालसम्म पुग्ने खतरा रहेको टिप्पणी पनि गरे।

महेश बस्नेतले निष्क्रिय पदाधिकारी र प्रभावहीन केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नुपर्ने बताए। साथै, जेनजी आन्दोलनमा मलजल गर्ने र पार्टीविरुद्ध लाग्ने व्यक्तिहरूलाई पार्टीबाट बिदा गर्नुपर्ने बताएका छन्।

उनले असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र असंवैधानिक संसद विघटनविरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन सञ्चालन गर्नुपर्ने पनि बताए। आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने माग पनि उनले राखे।

बस्नेतले थपे, “असंवैधानिक सरकार निरङ्कुशतातर्फ अघि बढेको र निर्वाचनतर्फ ध्यान नदिएकोले स्वतन्त्र, निष्पक्ष, धाधलिरहित र शान्तिपूर्ण चुनाव सुनिश्चित गर्न जनसङ्घर्ष र दबाब आवश्यक छ।”

उनले देश, पार्टी र अध्यक्षमाथि प्रहार हुँदा आफूहरूले ढाड थापेर बचाएको बताए र समग्र चुनौतीको सामना गर्न सक्षम पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेको र कार्यकर्ताहरूले पनि बुझेका तर धेरै नेताहरूले अझै बुझ्न सकेका छैनन् भने।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११