July 16, 2026 Thursday
सुझाव

राष्ट्रपति पौडेल र जेनजीबीच आज साँझ भेट प्रधानमन्त्री कार्की पनि रहने

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन३०
राष्ट्रपति पौडेल र जेनजीबीच आज साँझ भेट प्रधानमन्त्री कार्की पनि रहने

 

काठमाडौं  राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ जेनजी आन्दोलनका प्रतिनिधिसँग छलफल गर्न लागेका छन्। राष्ट्रपति कार्यालयका अनुसार बैठक बिहीबार अपराह्न साढे ५ बजेका लागि तय गरिएको हो।

राष्ट्रपति कार्यालयले जेनजी पक्षका प्रतिनिधिलाई औपचारिकरूपमा बोलाइसकेको छ। उक्त भेटमा प्रधानमन्त्री सुशीला कार्कीको पनि उपस्थिति रहने बताइएको छ।

स्रोतका अनुसार छलफलमा जेनजी आन्दोलनसँग सम्बन्धित विषयहरूका साथै आगामी निर्वाचन तयारी र राजनीतिक समन्वयका मुद्दामा केन्द्रित कुराकानी हुनेछ।

राष्ट्रपति पौडेलले हाल उत्पन्न राजनीतिक परिस्थितिमा संवादमार्फत समाधान खोज्ने प्रयासका रूपमा यो भेट तय गरेको जनाइएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११