July 16, 2026 Thursday
सुझाव

प्रचण्डको दाबी : जेनजी आन्दोलनका वास्तविक प्रतिनिधि हामी नै हौँ

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन२९
प्रचण्डको दाबी : जेनजी आन्दोलनका वास्तविक प्रतिनिधि हामी नै हौँ

असोज २९ – नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र नै जेनजी (Gen Z) पुस्ताको असली प्रतिनिधि पार्टी भएको दाबी गरेका छन्।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश अहिले पनि माओवादी केन्द्रका एजेन्डाअनुसार अघि बढिरहेको बताए। उनका अनुसार, माओवादी केन्द्रले संविधान, गणतन्त्र र जनताको पक्षमा संकटका बेला पनि दृढ रूपमा उभिँदै आएको छ।

‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ प्रचण्डले भने, ‘जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भइसकेको छ।’

उनले केही दलहरू सरकारले बस्दा जेनजीहरूलाई दमन गर्ने र सडकमा आएर उनीहरूको मागको समर्थन गर्ने दोहोरो भूमिका खेलिरहेको आरोप पनि लगाए। ‘हामी त्यस्ता होइनौं,’ उनले भने, ‘माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरूको असली नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र नै हो।’

प्रचण्डले अबको नेतृत्व युवा पुस्ताले लिनुपर्ने भन्दै पार्टीमा नयाँ पुस्तालाई जिम्मेवारी दिने निर्णय भइसकेको बताए। उनका अनुसार, पाँच वटा पार्टीसँग एकता प्रक्रियालाई पनि छिट्टै अघि बढाइनेछ।

निर्वाचनबारे उत्पन्न भ्रमलाई हटाउँदै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर द्धिविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा भइसकेको छ, त्यसका लागि हाम्रो पार्टीले तयारी थालिसकेको छ।’

उनले माओवादी केन्द्रले संविधान निर्माणदेखि नै उठाएका एजेन्डा र जेनजी पुस्ताको मागबीच समानता रहेको उल्लेख गर्दै देश माओवादी केन्द्रकै मार्गमा अघि बढिरहेको दाबी गरे।

 

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१
निर्वाचन आयोगको आग्रह: स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचनमा सहभागी नहुन निर्देशन
२०८२फाल्गुन११