August 24, 2026 Monday
सुझाव

बाजुरामा हुलाक महिमाको संदेश दिन खुला देउडा प्रतियोगिता सम्पन्न, रजाली महिला समूह विजेता

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२आश्विन२२
बाजुरामा हुलाक महिमाको संदेश दिन खुला देउडा प्रतियोगिता सम्पन्न, रजाली महिला समूह विजेता

बाजुरा, २२ असोज २०८२ – विश्व हुलाक दिवसको अवसरमा बाजुराको मार्तडीमा खुला देउडा गीत प्रतियोगिता सम्पन्न भएको छ। हुलाक सेवाको महत्व र यसको इतिहासबारे जनचेतना बढाउने उद्देश्यले आयोजित प्रतियोगितामा ८ टिम सहभागी थिए।

प्रतियोगितामा प्रत्येक टिमलाई हुलाक सेवा र नागरिकसँगको सम्बन्धका बारेमा ८ मिनेट प्रस्तुति दिने व्यवस्था गरिएको थियो। नेपालमा हुलाक सेवा वि.स. १९३५ देखि सञ्चालनमा छ र हाल पनि सूचना आदानप्रदानको प्रभावकारी माध्यमका रूपमा कायम छ।

कार्यक्रमको अध्यक्षत्व कार्यालय प्रमुख उत्तम बमले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया थिए। उहाँले देउडा मार्फत हुलाक सेवाको प्रभाव र सांस्कृतिक प्रवद्र्धनमा योगदान पुगेको उल्लेख गर्नुभयो।

प्रतियोगितामा रजाली महिला समूह प्रथम, गंगा भवानी महिला समूह द्वितीय, र तुलसी महिला समूह तृतीय भए। विजेतालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमले स्थानीय कला, संस्कृति र हुलाक सेवाको महत्वमाथि सकारात्मक सन्देश प्रवाह गरेको बाजुरा जिल्ला हुलाक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१