August 30, 2026 Sunday
सुझाव

साधारण पहिरन, असाधारण नेतृत्व

समाचार सुन्नुहोस्:
Avatar photo सुविचार न्यूज
प्रकाशित मिति: २०८२माघ२१
साधारण पहिरन, असाधारण नेतृत्व

बाजुरा :चुनावी घरदैलो कार्यक्रम चलिरहेका बेला देखिएको एउटा दृश्यले स्थानीयलाई मात्र होइन, सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ। सबै सहभागी उस्तै साधारण पहिरनमा चिसो भुइँमै बसेर कुराकानी गरिरहेका थिए। त्यही क्रममा उपस्थितमध्ये एक महिलाले जिज्ञासा राखिन्, “अनि, नेताहरू चाहिँ आएनन्?” प्रश्नसँगै माहोल हाँसोले गुञ्जियो।
त्यसैबीच, अलि पर भुइँमै घुँडा धसेर बसेका हेमराज थापाले सहज शैलीमा जवाफ दिए, “म नै हुँ नेता। अरूका नेता आउँदा कुर्सीमा बस्छन्, हामी भुइँमै बसेर तपाईहरूसँगै कुरा गर्छौं।”
थापाको यो भनाइ र व्यवहारले परम्परागत ‘नेताको छवि’माथि प्रश्न उठाएको छ। अझै पनि समाजमा नेता भनेका उमेरले पाको, सुग्घर पहिरनमा, खादा–माला भिरेका, चारपाङ्ग्रे सवारीमा आउने र जनतासँग पनि कुर्सीमै बसेर कुरा गर्ने व्यक्ति भन्ने धारणा बलियो छ। तर पछिल्ला दिनमा त्यो चित्र क्रमशः बदलिँदै गएको देखिन्छ।
भुइँमान्छे, युवा र आफ्नै सामान्य पेशा तथा रोजगारीमा आबद्ध व्यक्तिहरू पनि नेतृत्व तहमा पुग्न सक्छन् भन्ने सन्देश यस्ता गतिविधिबाट स्पष्ट हुँदै गएको छ। हेमराज थापाले घरदैलोमै भुइँमा बसेर मतदातासँग संवाद गर्दै राजनीति परिवर्तन र सुधार व्यवहारबाटै सुरु हुन्छ भन्ने कुरा सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिरहेका

प्रतिक्रिया

💬 प्रतिक्रिया दिनुहोस्

👇 हालसम्मका प्रतिक्रियाहरू

सम्बन्धित समाचार
ताजा अपडेट
अविरल वर्षापछि बाजुरामा विपत्ति : पहिरोले ४ घर क्षति , ४८ परिवार…
२०८३श्रावण५
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
सरकारलाई सर्वोच्चको झट्का, निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध खारेज
२०८३असार३१
नयाँ पारिवारिक सिरिज ‘अभागी’ आउँदो शुक्रबार रिलिज हुदै
२०८३असार२३
निस्वार्थ माया काे अर्को नाम ” आमा “
२०८३बैशाख४
कविता वाचनका क्रममा युवकमाथि कुटपिट र धम्की
२०८२चैत्र१